Comments Add Comment

नेकपा सुर्खेतका सचिवलाई कोरोना संक्रमण

२३ भदौ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतका सचिव कृष्ण जिसी -जितेन्द्र) र सदस्य रत्न गाहामगरलाई कोरोना संक्रमण भएको छ ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १७ गते पीसीआर परीक्षण गरिएको २२ गते सोमबार रिपोर्ट पोजेटिभ आएको हो ।

सावधानी अपनाउँदा अपनाउँदै कार्यकर्तासँग दिनुहँ भेटघाट हुने भएकाले पीसीआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको सचिव जिसीले अनलाइनखबरलाई बताए ।

‘कार्यकर्तासँग दिनहुँ भेटघाट भैरहन्थ्यो । वीरेन्द्रनगरम संक्रमणको दर बढ्दै गएपछि भदौ १७ गते पीसीआर परीक्षण गरेको थिएँ,’ सचिव जिसीले भने, ‘संक्रमण पुष्टि भएको खबर आएको छ ।’

हालसम्म कोरोनाको कुनै लक्षण नदेखिएको र आफै सामान्य अवस्थामा जस्तै स्वस्थ रहेको सचिव जिसीले बताए ।

सामान्य रुघा लागेपछि १७ गते नै पीसीआर परीक्षण गराएका नेकपाका जिल्ला सदस्य रत्न गाहाको रिर्पोट पनि पोजेटिभ आएको छ । ‘रुघा लागिराथ्यो । पीसीआर परीक्षण गरेको थिएँ । रिर्पोट पोजेटिभ आएछ,’ उनले भने ।

सचिव जिसी वीरेन्द्रनगरकै एक होटेलको आइसोलेसनमा बसेका छन् भने गाहा होम आइसोलेसनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment