+
+

किशोरीको पेटबाट निकालियो ७ किलोको रौँको डल्लो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १६:२८

आफ्नै रौँ खाने आदत रहेकी एक किशोरीको पेटमा यतिधेरै रौँ जम्मा भएछन् कि डाक्टरहरुले हालै शल्यक्रिया गरेर झण्डै ७ किलो तौलको रौँको डल्लो बाहिर निकालेका छन् ।

ती १७ वर्षीया किशोरीको पेटभित्र रहेको रौँको डल्लो पहिचान गर्नका लागि डाक्टरहरुलाई समेत हम्मेहम्मे परेको थियो । अल्ट्रासाउण्ड गर्दा सुरुमा डाक्टरहरुले पेटमा रहेको त्यो चिज ट्युमर रहेको आशंका गरेका थिए ।

त्यसपछि उक्त चिज निकाल्नका लागि शल्यक्रिया सुरु गरेका डाकटरहरुले ६ घण्टाको सघन शल्यक्रियापछि ७ किलो तौलको उक्त डल्ला बाहिर निकाले ।

यो घटना छिमेकी मुलुक भारतको झारखण्डको हो । झारखण्डको बोकारो जिल्लामा रहेको एक अस्पतालमा शल्यक्रिया गरी ती किशोरीको पेटबाट रौँको डल्लो निकालिएको हो ।

उक्त शल्यक्रियामा संलग्न प्रमुख डाकटरले आफ्नो ४० वर्षे चिकित्सा अनुभवमा यो पहिलो घटना भएको बताएका छन् ।

डाक्टरका अनुसार ती किशोरीमा आफ्नै रौँ खाने समस्या लामो समयदेखि रहँदै आएको छ । उनले निलेका रौँ सप्पै पेटमा जम्मा भएर गुजुल्टिँदै डल्लो बनेको हो ।

शल्यक्रियापछि ती युवतीको अवस्था स्थिर रहेको बताइएको छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?