Comments Add Comment

गौरव र आशाको ‘बाँचेको छु धन्न’

गायक विक्रम परियार र गायिका समिक्षा अधिकारीको स्वरमा ‘बाँचेको छु धन्न’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा शिव सुवेदीको शब्द तथा संगीत छ । शिवले लेखेका ‘घाम जस्तो चम्किलो जुन हुँदैन, यत्ती जान्न मन छ, घामले नी पोल्दियो’ लगायतका गीतहरु चर्चामा थिए ।

यो गीतको भिडियोमा मोडलद्धय गौरव पहारी र आशा खड्काले अभिनय गरेका छन् । देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा अनिलकृष्ण मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ । सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा यो भिडियोमा देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment