+
+

सहकारीको ५ करोड ६७ लाख ठगी, प्रवन्धक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते २०:३१

२३ भदौ, काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा प्रहरीले उक्त सहकारीका पूर्वप्रबन्धकलाई पक्राउ गरेको छ ।

सहकारीको ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको भन्दै राजकाजी खड्गीलाई पक्राउ गरेको हो । खड्गी सोही सहकारीका पूर्ब प्रवन्धक हुन् । उनले ७ वर्ष काम गरेर गत जेठ मसान्तसम्म जागिर छाडेका थिए ।

‘रकम हिनामिना गरेपछि जागिर छाडेको बुझियो, त्यसपछि हामीले पक्राउ गरेर कारबाही अघि बढाएका छौँ’ नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए । उनलाई प्रहरीले ललितपुरको धापाखेलबाट प्रकाउ गरेको हो ।

खड्गीलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट ५ म्याद थप गरी अनुसन्धान भइरहेको एसपी कार्कीले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?