Comments Add Comment

ब्रुएनाले जिते वर्ष खेलाडीको अवार्ड

२४ भदौ, काठमाडौं । म्याचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनाले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

२९ वर्षीय ब्रुएनाले सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले सो अवार्डका लागि सहयोग गरेको बताउँदै प्रशंसा गरे । ब्रएनाले भने, ‘उनले मलाई म हुन दिएका छन् ।’

अरुले भोट गरेर उकृष्ट खेलाडी बन्नु सम्मान भएको उनले बताए । उनले भने, ‘यो मेरो लागि ठूलो सम्मान हो ।’

ब्रुएनाले गत सिजन १३ गोल गर्नुका साथै २० गोलका लागि अवसर सिर्जना गरेका थिए । उनी सन् १९७३–७४ पछि सो अवार्ड जित्ने सिटीका पहिलो खेलाडी बने । ब्रुएनाले यस अवार्डका लागि लिभरपुलका ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, भर्जिल भान डाइक, साडियो माने, जोर्डन हेन्डरसन र आफ्नै टिमका रहिम स्टर्लिङलाई पछि पारे ।

महिला वर्ष खेलाडीको अवार्ड बेथलाई

यस्तै चेल्सीकी बेथ इङ्ल्याण्डले महिला वर्ष खेलाडीको अवार्ड हात पारिन् । उनले चेल्सीलाई वुमन्स सुपर लिग र लिग कपको उपाधि जिताउन मद्दत गरेकी थिइन् ।

लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले पुरुषतर्फको युवा वर्ष खेलाडीको अवार्ड प्राप्त गरे । लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि जिताउन उनले भूमिका खेलेका थिए ।

म्यान्चेष्टर युनाइटेड र इङ्ल्याण्डका फरवार्ड मार्कुस रासफोर्डले पीएफए मेरिट अवार्ड हात पारे ।

पीएफए टीम अफ दि इअरमा लिभरपुलका ५ खेलाडी

पीएफए टि अफ दि इअरमा भने च्याम्पियन लिभरपुलका खेलाडी बर्चस्व छ । लिभरपुललाई उपाधि जिताउँदाका कप्तान जोर्डन हेन्डरसनसहित डिफेण्डहरु आर्नोल्ड भान डाइक र एन्डी रोवर्टसन र फरवार्ड साडियो माने वर्ष टिममा परेका छन् ।

यस्तै लिग उपविजेता म्यानचेष्टर सिटीबाट केभिन डे ब्रुएना र डेविड शिल्भा परेका छन् । आर्सनलबाट फरवार्ड पिएरे एमरिक, ओबामेयाङ, लेस्टर सिटीबाट फरवार्ड जेमी भार्डी र डिफेन्डर काग्लार सोएन्चु तथा बर्नलीका गोलकिपर निक पोप वर्ष टिममा अटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment