Comments Add Comment

पेट्रोलियम पाइपलाइनले वर्ष दिनमा जोगायो ८० करोड

२४, भदौ, काठमाडौं । नेपाल-भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको एक वर्ष पुरा भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले जनाएको छ ।

उक्त परिणामको डिजेल आयात गर्दा यस अघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको नेपाल आयल निगमले जनाएको छ । प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्त भर्चुअल उद्घाटन गरेका थिए ।

एक वर्षमा दुई लाख ६७ हजार ट्यांकर बराबरको डिजेल पाइपलाइनमार्फत भित्रिएको निगमको अमलेखगन्ज डिपोले जनाएको छ । एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए ।

भारतको बरौनीदेखि नेपालको अमलेखगन्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकोमा पाइपलाइनपछि सो खर्च जोगिएको निगमको केन्द्रीय कार्यालयले जनाएको छ ।

एक वर्षमा ५३ करोड ४१ लाख लिटर इन्धन आयात हुँदा करिब ८० करोड २६ लाख रुपैयाँ ढुवानीमा तथा करिब १५ लाख रुपैयाँ तापक्रम नोक्सानी बापत जोगिएको निगमको दावी छ ।

बरौनी र अमलेखगञ्जको तापक्रममा तीन डिग्रीको फरक रहेको र यसको नोक्सानी एउटा ट्यांकरमा ४५ लिटर बराबर हुने गर्थ्यो । यसका अलवा इन्धन चोरी र ट्यांकरका हुने घट्दा थप फाइदा भएको निगमले जनाएको छ ।

कोभिड-१९ का कारण इन्धन खपत काम हुँदा पाइलाइन झैं पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको निगमले जनाएको छ । हाल हप्तामा तीन दिनमात्रै सञ्चालनमा आइरहेको पाइपलाइनबाट वाषिर्क डेढ अर्ब जोगिने अनुमान निगमले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment