+
+
Shares

बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते ९:३६

२५ भदौ, जनकपुरधाम । धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका २ सिनरजोडा बस्ने बद्रीनाथ साहलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र मिश्रले बताए ।

साहले गत भदौ २० गते ती बालिकालाई ललाइफकाइ आफ्नो पसलमा बोलाइ छतमा लगेर मुख थुनेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

बलात्कार गरेर फरार भएका साहलाई महोत्तरीको मठियानीमा लुकिछिपी बसेको अवस्थामा बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय, धनुषाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?