
२५ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बिहीबार ६ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार नयाँ संक्रमित ६ जनामध्ये सुर्खेतका चारजना र सल्यानका दुईजना रहेका छन । यससँगै कर्णणालीमा कोरोना संक्रमितको संख्या २७२५ पुगेको छ ।
साथै, कर्णालीमा बिहीबार थप १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २३६४ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ३५५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4