
२६ भदौ, नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले ओपिडी (बहिरङ्ग) सेवा प्रतीक्षालयबाट दिन थालेको छ ।
जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि अस्पतालबाहिरको प्रतीक्षालयबाट सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल गौतमले बताए । बिहान १० बजेदेखि चार बजेसम्म अस्पतालबाहिरकै प्रतीक्षालयबाट सेवा दिइने उनले बताए ।
जिल्ला अस्पतालमा आउने बिरामीले उपचार नपाएर फर्किन नपरोस् र कोभिड–१९ को जोखिम पनि कम होस् भनेर यसरी सेवा दिन थालिएको उनको भनाइ छ ।
अस्पतालका कुनै पनि सेवा नरोकिएको डा. गौतमको भनाइ छ । बिरामीको चापको अवस्था हेरेर केही दिन बाहिरबाटै सेवा दिइने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4