+
+
Shares

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २६ गते ८:३१

२६ भदौ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सडक खुलाउन प्रयास भैरहेको जिल्लाका प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?