Comments Add Comment

‘फ्लु पनि भएका कोरोना संक्रमितबाट दोब्बर जोखिम’

२६ भदौ, काठमाडौं । इन्फ्लुएन्जाको पनि संक्रमण भएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमितबाट संक्रमणको जोखिम अन्य संक्रमितको तुलनामा दोब्बर हुने एक अध्ययनले देखाएको छ ।

जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट र फ्रान्सको पास्चियर इन्स्टिच्युटले गरेको संयुक्त अध्ययनको क्रममा यस्तो पाइएको हो ।

कोरोना भाइरस (सार्स–कोभ–२) बाट संक्रमित व्यक्तिले औसतमा दुई जनालाई संक्रमण फैलाउन सक्छ । तर, संक्रमितमा फ्लुको संक्रमण छ भने त्यस्ता व्यक्तिले चारदेखि पाँच जनालाई कोरोना भाइरसको संक्रमण सार्न सक्ने अध्ययनले देखाएको छ ।

यो अध्ययनले उत्तरी गोलार्धमा जाडोको मौसम आउँदै गर्दा कोरोना भाइरसको संक्रमणको दोस्रो लहर फैलिन सक्ने आशंका बढेको छ । जसले अहिलेको महामारी झन् खराब बन्न सक्ने देखिएको छ ।

वैज्ञानिकहरुले फ्लुविरुद्धको खोपले मानिसहरुमा यससँगै मिल्दोजुल्दो लक्षण भएका अन्य रोगसँगको प्रतिरोधी क्षमता पनि विकास हुन सक्ने बताएका छन् । यस्तो अवस्थामा नोभेम्बरमा इन्फ्लुएन्जाको मौसम शुरु हुनुभन्दा पहिला नै यसको खोप सबैलाई दिनु राम्रो हुने उनीहरुको भनाइ छ ।

स्रोत : द साउथ चाइना मर्निङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment