+
+
Shares

सिन्धुपाल्चोकमा जोखिमका बस्ती सारौं : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १४:४४

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ मा आइतबार विहान गएको पहिरोमा भएको मानवीय क्षतिप्रति दुख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेका छन् ।

उक्त पहिरोमा परी आइतबार दिउँसोसम्म ९ जनाको शव भेटिएको छ भने २२ जना बेपत्ता छन् ।

उनले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक पटक पहिरोले क्षति गरेको भन्दै भूगर्भविदहरुले औंल्याएका जोखिमका वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?