Comments Add Comment

लम्की स्किनको लक्षण देखिएका गाई-भैंसी ओसार-पसारमा रोक

२८ भदौ, काठमाडौं । गाई र भैंसीमा दखिने गम्भीर प्रकृतिको लम्पी स्किन रोगको लक्षण देखिएका पशु एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न सरकारले रोक लगाएको छ । पशु सेवा विभागको आग्रहमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आइतबार यस्तो सर्कुलर गरेको हो ।

देशका विभिन्न भागमा गाई तथा भैंसीमा लक्षणसहित लम्की स्किन रोग देखिएको र यसको असर रोकथाम गर्न पूर्वतयारी स्वरुप स्थानीय तहलाई यस्तो आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

घाँटी, पुच्छर, पेट, थुनमा गिर्खा देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, फिँज काट्ने तथा दूध घट्ने लक्षण भए तत्काल नजिकको पशु चिकिक्सकसँग परामर्श गर्न र त्यस्ता पशुलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा नलैजान मन्त्रालयले आग्रह गरेको छ ।

साथै पशु बाँध्ने गोठ सफा राख्न र असल भेटेरेनरी अभ्यास गर्न गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment