
२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
काठमाडौंका ६ जना तथा चितवन, सिन्धुपाल्चोक, महोत्तरी र मोरङका एकएक जनाको मृत्यु भएको हो ।
- काठमाडौं महानगरपालिका-६ जोरपाटी, काठमाडौंकी ६५ वर्षीया महिलाको शनिबार सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ । १५ भदौमा कोरोना संक्रमण पुष्टि भएको उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी थिइन् । उनी मिर्गौला, मुटु दम र उच्च रत्तलचापकी विरामी भइन् ।
- काठमाडौंका ५९ वर्षीय पुरुषको शनिबार राति त्रिवि शिक्षण अस्पताल, महारागञ्जमा मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप तथा रक्त अक्त अल्पाता भएरु १९ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २१ गते पुष्टि भएको थियो ।
- काठमाडौंका ७० वर्षीय पुरुषको शनिबार राति त्रिवि शिक्षण अस्पताल, महारागञ्जमा मृत्यु भएको छ । मुटुसम्बन्धी समस्या भएर १४ गते अस्पचाल भर्ना भएका उनलाईर् कोरोना संक्रमण भएको २६ गते पुष्टि भएको थियो ।
- काठमाडौ महानगरपालिका-९, काठमाडौंका ६४ वर्षीय पुरुषको आइतबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । १४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका थिए । उनी मुटु, मिगौृला र उच्च रक्तचापसम्बन्धी रोगबाट समेत पीडित थिए ।
- काठमाडौं महानगरपालिका-१६, काठमाडौंकी ६५ वर्षीया महिलाको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ । मनमोहन अस्पतालबाट रिफर भएर आएका उनी १५ गते अस्पताल भर्ना भएका थिए । १४ गते कोरोना संक्रमण पुष्टि भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या थियो ।
- काठमाडौं महानगरपालिका-१३ ताहचल, काठमाडौंका ५९ वर्षीय पुरुषको आइतबार बयोधा अस्पतालमा मृत्यु भएको छ । २२ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनी श्वासप्रश्वासमा समस्या भएपछि आइतबार अस्पताल पुगेका थिए । उनी मुटु र मस्तिस्कघातबाट समेत ग्रसित थिए ।
- सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा आइतबार मृत्यु भएको छ । भदौ १७ गते कोरोना पुष्टि भएका उनी कडा निमोनियाको समस्या लिएर २४ गते अस्पताल भर्ना भएका थिए ।
- भरतपुर महानगरपालिका-५, चितवनकी ८५ वर्षीया महिलाको होम आइसोलेनमा मृत्यु भएको छ ।
- लोहारपट्टी नगरपालिका-३, महोत्तरीका ६० वर्षीय पुरुषको आइतबार प्रादेशिक अस्पताल, जनकपुरमा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएवपछि उनी २२ गते अस्पताल भर्ना भएका थिए भने २४ गते संक्रमण पुष्ठि भएको थियो ।
- बिराटनगर महानगरपालिका-१२, मोरङकी ७० वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आइतबार मृत्यु भएको छ । म्याक्स अस्पतालमा उपचारका लागि पुगेकी उनलाई १६ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4