Comments Add Comment

प्रधानमन्त्रीलाई गौरीको आग्रह–‘बालबालिकालाई चन्दन बनाउनुहोस्’

नायिका गौरी मल्लले पछिल्लो समयमा सामाजिक संजालमाफर्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै विभिन्न बिषयमा आग्रह गरिरहेकी छिन् । कहिले भारत फर्किएका नेपालीको दुःख वुझ्न नसकेको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेकी गौरीले कहिले देशको अवस्थालाई लिएर आफ्नो भनाई सार्वजनिक गरिरहेकी छिन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा प्रधानमन्त्रीसँग गौरीले बालबालिकालाई चन्दन बनाउन आग्रह गरेकी छिन् । गौरी लेख्छिन्–‘टेलिभिजनको स्क्रिनमा सरकारले बालबालिकालाई अभिभावकत्व प्रदान गर्छ भन्ने प्रधानमन्त्रीज्यूको सन्देश हेर्न पाइयो । तर, विगत धेरै बर्ष यतादेखि तपाइको मुलुकका कुनै पनि बालबालिकाहरुले यहाँले दिनुभएको सन्देश अनुभुती गर्न त के सोच्न सम्म पनि पाएका छैनन् । यो कुराको जानकारी होला प्रधानमन्त्रीज्यूलाई ? मलाई लाग्छ यहाँ पक्कै पनि यस्ता सानातिना, झिनामसिना कुराबाट अनविज्ञ नै हुनुहुन्छ । होइन भने, यस्तो अभिव्यक्तिले दुनियाँ हसाउँनु बाहेक अरु केही पनि मुलकुलाई प्राप्त हुने छैन ।’

उनी अगाडि लेख्छिन्–‘प्रधानमन्त्रीज्यू, बिडम्बना त यो छ कि, मुलुकमा नीतिनियम, कानुन, व्यवस्थापन, कार्यक्रम आदि विभिन्न प्रयोजन बन्छन् र सिंहदरबारको कुनै फाइलमा कैद हुन्छन् अनी सदा झै जनतामाझ पुग्छ केबल सान्तवना र असिमित पीडाहरु । यो भन्दा बढी म के लेखुँ ।’

गौरीले यो देशका भविष्य बालबालिकालाई खुर्पाको बिड होइन चन्दन बनाउन अपिल गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment