Comments Add Comment

जापानका प्रधानमन्त्री योसिहिडे सुगा बन्ने निश्चित

२९ भदौ, काठमाडौं । जापानमा हालका मुख्य क्याबिनेट सेक्रेटरी याोसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सोमबार उनलाई सिन्जो आबेको स्थानमा नयाँ नेताको रुपमा चयन गरेको हो । यससँगै सुगा नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

गत महिना प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कमजोर स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएका थिए । सुगा आबेको निकटका व्यक्ति मानिन्छन् । त्यसैले बाँकी कार्यकालमा उनले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment