+
+
Shares

इटालीमा ६ महिनापछि खुले विद्यालय

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १६:२२

२९ भदौ, काठमाडौं । ६ महिना लकडाउनपछि इटालीमा विद्यालयहरु खुलेका छन् । इटालीको २० मध्ये १३ प्रान्तका विद्यालयहरु खुलेका हुन् । यससँगै इटालीका ५६ लाख विद्यार्थीहरु विद्यालयमा फर्किएका छन् । बाँकी सात प्रान्तमा भने एक सातापछि मात्र विद्यालयहरु खुल्नेछन् ।

कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि गत मार्चको शुरुमा इटालीले सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म इटालीमा करिब ३५ हजार पाँचसयको मृत्यु भइसकेको छ ।

युरोपेली संघ (ईयू)मा मृतक संख्याको आधारमा इटाली कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । साथै पछिल्लो समय नयाँ संक्रमितको संख्या बढ्नुले इटालीमा कोरोना भाइरसको दोस्रो लहरको आशंका बढेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?