Comments Add Comment

कुन तेल स्वास्थ्यका लागि बढी हानिरहित ? 

हाम्रो खानामा तेल नभई हुन्न । तरकारी पकाउन होस् वा दाल झान्न, तेल अनिवार्य छ । त्यसमाथि तारेको, भुटेको खानेकुरामा तेल चहिन्छ नै । त्यसैले हरेक छाकमा हामी तेलको प्रयोग गर्छौं ।

तर चिकित्सकहरु चेतावनी दिन्छन्, ‘जथाभावी तेलको प्रयोग स्वास्थ्यका लागि हानिकारक छ ।’ उनीहरुले नियन्त्रित मात्रामा तेल प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । तेलप्रति यति धेरै सर्तक हुनुपर्ने स्थिति किनपनि छ भने, बजारमा उपलब्ध अधिकांश तेल मिश्रणयुक्त र कमसल हुने पाइएको छ ।

बजारमा थरीथरीका तेल पाइन्छन्, तोरीदेखि सूर्यमुखीसम्म । भटमासदेखि जैतुनसम्म । यसमध्ये तुलनात्मक रुपमा सस्तो तेल नै हाम्रो भान्सासम्म आइपुग्छ । त्यसमध्ये कुन तेल सेवन गर्न उपयुक्त हुन्छ ? किन ?

यसै सन्दर्भमा बिबिसीले एउटा आलेख प्रकाशित गरेको छ ।

त्यसो त तेलको अनेक विकल्प छन्– सरस्र्युको तेल, सूर्यमुखी तेल, बदामको तेल, नरिवलको तेल, जैतुनको तेल । तर, स्वास्थ्यका लागि उपयोगी कुन होला ?

हाम्रो खाना पकाउनका लागि प्रयोग हुने तेल अक्सर त्यसको फल, बोट, बिज एवं बियाँबाट बन्छ । यसलाई पेलेर निश्चित प्रशोधन विधीबाट तेल उत्पादन गरिन्छ ।

पोली अनसेचुरेटेड फ्याटी एसिड

तेलको सबैभन्दा ठूलो खुबी के भने, त्यसमा फ्याटको मात्रा अत्याधिक हुन्छ । त्यसमा सेचुरेटेड फ्याट, मोनोसेचुरेटेड फ्याट र पोलीअनसेचुरेटेड फ्याटी एसिड सामेल हुन्छ ।

केही बर्षअघिसम्म नरिवलको तेल स्वास्थ्यका लागि सवोत्तम मानिन्थ्यो । कतिपयले त यसलाई सुपरफुडको दर्जा समेत दिएका थिए । उनीहरुको बुझाई के थियो भने, नरिवलको तेल बोसोको रुपमा शरीरमा जमा हुने संभावना एकदमै कम हुन्छ । तर, हार्वर्ड युनिभर्सिटीको एक अध्ययनले नरिवल तेललाई ‘विशुद्ध विष’ प्रमाणित गरिदियो ।

स्वास्थ्यको समस्या

यसको कारण के पनि हो भने, मान्छेको शरीरले धेरै फ्याट पचाउन सक्दैन । अनावश्यक फ्याट हाम्रो शरीरमा जम्मा हुन थाल्छ । यसले मुटुमा समस्या एवं उच्च रक्तचाप निम्त्याउँछ ।

ब्रिटेन सरकारको निर्देशिकाले कुनैपनि पुरुषलाई दिनभरमा तीस ग्राम र महिलालाई विस ग्राम भन्दा बढी तेल खान नहुने जनाएको छ । किनभने तेलमा जुन फ्याट हुन्छ, त्यो फ्याटी एसिडको कणले बनेको हुन्छ । यो फ्याटी एसिड या त सिंगल बन्डसँग जोडिएको हुन्छ, जसलाई सेचुरेटेड फ्याट भनिन्छ । या त डबल बन्डसँग जोडिएको हुन्छ, जसलाई अनसेचुरेटेड फेयाट भनिन्छ । यो फ्याटी एसिडको सानो शृंखलामा बाँधिएको हुन्छ, जुन रगतमा सजिलै घुल्छ । र, शरीरमा उर्जाको आवश्यक्ता परिपूर्ति गर्छ । तर, लामो प्रक्रियामा रहने फ्याटी एसिड सोझौ कलेजोमा पुग्छ । यसले हाम्रो रगतमा कोलेस्टोरको मात्रा बढाइदिन्छ ।

नरिवलको तेलमाथि भएको रिसर्चले भन्छ, यसले हाम्रो शरीरमा लो डेन्सिटी लिपोप्रोटिनको मात्रा बढाउँछ । यसको सोझो सम्बन्ध मुटुसँग छ । अतः नरिवलको तेलमा हाइ डेन्सिटी लिपोप्रोटिन पाइन्छ ।

फ्याटी एसिड र भिटामिन

हाइ डेन्सिटी लिपोप्रोटिनमा लरिक एसिड नामको रसायन पाइन्छ, जसलाई सि–१२ फ्याटी एसिड भनिन्छ । यो लामो प्रक्रियायुक्त एसिड हुन्छ, जुन कलेजोमा जम्मा हुन्छ । यसले स्वास्थ्य खराब गर्छ ।

त्यसैले त विज्ञहरु भन्छन्, जुन तेलमा सेचुरेटेड फ्याडको मात्रा कम हुन्छ, त्यही नै खानका लागि उपयोगी हुन्छ । तर, यसलाई पनि कम मात्रामा खानुपर्छ । यसबाट शरीरलाई आवश्यक फ्याटी एसिड र भिटामिन मिल्छ ।

मुटुको समस्याको भय

पोलिअनसेचुरेटेड र मोनोसेचुरेटेड फ्याटयुक्त फ्याटी एसिडमा केही तेल पाइन्छ, यो बिरुवा वा तेल निकाल्ने प्रक्रियामा निर्भर हुन्छ । एक सर्वेमा के पाइयो भने जैतुनको तेल अर्थात अलिभ आयलको प्रयोगले मुटुको समस्याको आशंका पाँच देखि सात प्रतिशतसम्म कम गर्छ ।

जैतुनको तेल

जैतुनको तेल फाइदाजनक हुनुको कारण हो, त्यसमा पाइने मोनोसेचुरेटेड फ्याटी एसिड । यसमा भिटामिन, मिनरल्स, पोलिफेनाल्स र बोटमा पाइने अर्को माइक्रोन्युट्रिएन्ट्स पाइन्छ । जैतुनको तेल प्रयोग गर्दा शरीरमा रहेका हानिकारक फ्याटी एसिडबाट समेत छुटकारा मिल्छ ।

जैतुनको तेलमा जुन ब्याक्टेरिया पाइन्छ, त्यो पनि पेटको लागि राम्रो हुन्छ । यसले मुटुको समस्या हुने जोखिम पनि कम हुन्छ । जैतुनको तेलले क्यान्सर र मधुमेहबाट पनि बचाउँछ ।

तेल कम मात्रामा सेवन गर्नु उचित

जैतुनको तेलमा एन्टि एक्सिडेन्ट र भिटामिन इ पाइन्छ । तर, यो तेललाई तताउँदा यसमा रहेको पोषक तत्व नष्ट हुनसक्छ । त्यसैले यसलाई काँचो सेवन गर्नु बढी फाइदाजनक छ ।

यद्यपि तेलको मात्रा नियन्त्रित हुनुपर्ने बताइन्छ ।

यो आलेख खासगरी पश्चिमा खानपानमा आधारित छ । तर, तेल जुनसुकै सेवन गरेपनि त्यसलाई धेरै तताउनु उचित हुँदैन । तेलको मात्रा धेरै हुनुहुन्न । संयमित भएर तेलको प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment