+
+
Shares

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते १०:१५
फाइल तस्वीर

३१ भदौ, काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।

नेता शशांकको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । टोलीमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायत छन् ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

पाँच वर्षअघि एस्पिरेशन न्युमोनियाका कारण अचानक अचेत हुँदा पनि डा. कोइरालाको उपचार ॐ हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?