Comments Add Comment

भारतमा ५० लाख नाघे कोरोना संक्रमित

३१ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ५० लाख २० हजार ३६० पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार १२३ नयाँ संक्रमित थपिएका थिए ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २९० जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरसको कारण भारतमा ८२ हजार ६६ जनाको मृत्यु भएको छ ।

भारतमा ३९ लाख ४२ हजार ३६१ संक्रमित निको भएर घर फर्किसकेका छन् । साथै नौ लाख ९५ हजार ९३३ संक्रमित निको हुन बाँकी छन् ।

संक्रमित संख्याको आधारमा भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने दोस्रो मुलुक हो । पहिलो स्थानमा अमेरिका छ । अमेरिकामा अहिलेसम्म ६६ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment