Comments Add Comment

७ बैंकले सार्वजनिक गरे निक्षेप र कर्जाको ब्याजदर, कुन बैंकको कति ?

३१ भदौ, काठमाडौं । ७ वटा वाणिज्य बैंकहरुले बुधबार पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभेरेष्ट बैंक र स्टाण्डर्ड चार्टड बैंकले निक्षेप र कर्जाको ब्याजदर बुधबार सार्वजनिक गरेका हुन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । यो बैंकले मुद्धति निक्षेपमा भने व्यक्तिगत ६ प्रतिशत र संस्थागत ५ प्रतिशतदेखि अधिकतम् ७.२५ प्रतिशतसम्म दिने जनाएको छ । कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम् १.२५ प्रतिशतदेखि अधिकतम् ३.२५ प्रतिशत लिने जनाएको छ । बैंकको असार मसान्तमा बेस रेट ५.८० प्रतिशत रहेको छ ।

यसैगरी एभरेष्ट बैंकले साधारण निक्षेपमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याज दिने बताएको छ । मुद्धति निक्षेपमा भने एभरेष्ट बैंकले ५.५० प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर लिने उल्लेख गरेको छ । एभरेष्ट बैंकको बेस रेट साउन मसान्तसम्म ७.४८ प्रतिशत रहेको छ ।

हिमालयन बैंकले साधारण निक्षेपमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ३ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । उता एनसीसी बैंकले साधारण निक्षेपमा ५ प्रतिशतसम्म र मुघति निक्षेपमा ८.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । कर्जा तर्फ भने एनसीसीले बेसरेटमा २ देखि ५ प्रतितशसम्म प्रिमियम लिने बैंकले जनाएको छ । एनसीसी बैंकको असार मसान्त्सम्म ९.०३ प्रतिशत बेस रेट रहेको छ ।

यसैगरी सनराइज बैंकले साधारण निक्षेपमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म र मुद्धति निक्षेपमा ७.७५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । कर्जातर्फ भने सनराइजले बेस रेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने बताएको छ । सनराइजको असार मसान्त्सम्म ८.९५ प्रतिशत बेस रेट रहेको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुघति निक्षेपमा अधिकतम् ६.७५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । कर्जातर्फ भने स्टाण्डर्ड चार्टड बैंकले बेस रेटमा २ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म प्रिमियम जोडेल लिने बताएको छ । यस बैंकको बेस रेट असार मसान्त्सम्म ७ प्रतिशत रहेको छ ।

बुधबार सार्वजनिक गरिएकोसूचना अनुसार नेपाल एसबीआई बैंकले साधारण निक्षेपमा अधिकतम् ५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । मुद्दति निक्षेपमा भने ७.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । कर्जामा भने एसबीआई बैंकले बेस रेटमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने सूचनामा उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment