Comments Add Comment

जया बच्चनको समर्थनमा हेमा मालिनी

बीजेपी सांसद तथा बलिउड नायिका हेमा मालिनीले केही दिन अगाडि लोकसभामा कलाकार तथा सांसद जया बच्चनले दिएको अभिव्यक्तिको समर्थन गरेकी छिन् । केही समयदेखि बलिउडको छवि धुमिलो बनाउनका लागि केही कलाकार नै लागिपरेको भन्दै जयाले बलिउड यस्तो नभएको बताएकी थिइन् ।

सो कुराको समर्थन गर्दै हेमाले भनेकी छिन्–‘बलिउडलाई लिएर जे जस्ता कुराहरु भैरहेका छन्, यो सबै आश्चर्यलाग्दो छ । म भन्न चाहन्छु कि बलिउड सुन्दर ठाउँ हो । धेरै मानिसले यो स्थानमा आएर नाम, दाम र इज्जत कमाएका छन् । म यहाँ लामो समयदेखि छु र मलाई यही क्षेत्रबाट नाम र इज्जत मिलेको छ । धेरै महान् मानिसहरुले मिलेर यो क्षेत्रलाई बनाएका हुन् ।’

उनले अगाडि भनिन्–‘धेरै मानिसहरु यहाँ आएर आफ्नो करिअर बनाउन चाहन्छन् । तर, जब ड्रग्स जस्ता मुद्दाको कुराले बलिउडलाई धुमिलो बनाउने कोशिश गरिन्छ, मलाई पीडा हुन्छ । ड्रग्सको सेवन बलिउडमा मात्र हुन्छ र ? यदि कुनै दाग छ भने त्यो धोएर जान्छ । बलिउडको यो दाग पनि एकदिन जान्छ । जया बच्चनले जे कुरा भन्नुभएको छ, म पूर्ण रुपमा त्यसको समर्थन गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment