+
+
Shares

यामाहा रे जेडआर १२५ एफआईको भर्च्युअल लन्च हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते १४:४५

३१ भदौ, काठमाडौं ।  यामाहाले आफ्नो मोटरसाइकलमा फ्युल इन्जेक्सन, ब्लुकोर टेक्नोलोजी, बीएस६ लगायतको प्रविधिहरु अन्य कम्पनीले भन्दा अगाडी नै बजारमा ल्याउँदै आएको छ । फिजिकल लन्च गर्न नपाएर अटोमोबाइल क्षेत्रलाई गाह्रो भइराखेको अवस्थामा विश्वकै लेटेस्ट टेक्नोलोजीबाट यामाहाले भर्च्युअल लन्च गर्न लागेको छ ।

यामाहा रे जेडआर १२५ एफआईको लाइभ लन्च धेरैभन्दा धेरै मानिसलाई लाइभ टेलिकास्टमा सहभागी गराउनको लागि यामाहाले यो लाइभ टेलिकास्ट कार्यक्रम हेर्ने दर्शकहरुबाट एकजनालाई लक्की ड्रमार्फत नयाँ रेज जेडआर १२५ बाट पुरस्कृत गरिने भएको छ ।

लक्की ड्रमा सहभागी हुनको लागि यो लिंक  https://yamaha.com.np/rayzr-register-win/ma मा गएर आफ्नो नाम रजिस्टर गर्नुका साथै प्रत्यक्षलाइभ टेलिकास्टमा सहभागी हुन सकिनेछ ।

रे जेडआर १२५ को भच्र्युअल लन्च असोज ७ गते ठीक साँझ७ बजेदेखि यामाहाको युट्युब च्यानल  https://www.youtube.com/yamaha-nepal/live बाट प्रत्यक्ष प्रसारण हुनेछ ।

लाइभमा सहभागी हुन चाहनेको लागि यामाहाले माथिको लिंकमार्फत एउटा अटो रिमाइन्डर अप्सनको पनि व्यवस्था गरेको छ । यो नेपालकै पहिलो भच्र्युअल लन्चहुने हुँदा हेर्न लायक हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?