Comments Add Comment

भिडियोमा पल–सुपुष्पाको जोडी, फिल्ममा कहिले ?

नायक पल शाह म्यूजिक भिडियोमा सर्वाधिक व्यस्त छन् । लकडाउनपछि चलचित्रको काम ठप्प हुँदा त उनलाई म्यूजिक भिडियोमै दर्शकले धेरै हेर्न पाए । उनै, पल शाहले म्यूजिक भिडियोमा टिकटकका मोडलदेखि, चलचित्रका नायिकासम्म रोमान्स गरिसकेका छन् ।

तर, दर्शकले नायक पल शाह र नायिका सुपुष्पा भट्टको जोडीलाई पर्दामा हेर्न पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेकी नायिका सुपुष्पा भट्टले म्यूजिक भिडियोमा पनि काम गरिरहेकी छिन् । सुपुष्पा अभिनित चलचित्र ‘चपली हाइट ३’ रिलिजका लागि तयार छ ।

सुपुष्पा र पलले निकेश खड्काको निर्देशनमा बनेको ‘हिड्दा हिड्दै’ बोलको म्यूजिक भिडियोमा काम गरेका छन् । निकेशले निर्देशन गरेको ‘चपली हाइट ३’मा सुपुष्पाले अभिनय गरेकी हुन् ।

पल र सुपुष्पाको जोडीलाई दर्शकले रुचाएको खण्डमा पक्कै पनि चलचित्रका मेकरलाई पनि उनीहरुलाई एकसाथ पर्दामा देखाउने चाहना बढ्नेछ । सुपुष्पाको करिअर फक्रिदै गर्दा लकडाउनका कारण विचमै रोकिएको छ ।
लकडाउनपछि उनको चलचित्र करिअर सुखद होला या के होला भन्न सकिने अवस्था छैन । तर, पल र सुपुष्पाको जोडीलाई ठूलो पर्दामा हेर्ने कौतुहलता अब दर्शकमा उत्पन्न हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment