
३१ भदौ, काठमाडौं । फ्रान्समा विद्यार्थीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै ८१ विद्यालयहरु बन्द भएका छन् । गत साता फ्रान्समा कोरोना भाइरसको संक्रमण देखिएका कारण २८ विद्यालय बन्द गरिएकोमा अहिले यो संख्या बढाइएको हो ।
त्यसका साथै थप दुई हजार एकसय व्यक्तिगत कक्षाहरु पनि बन्द गरिएको छ । फ्रान्सका शिक्षामन्त्री जिन मिचेल ब्लांक्युरले तीन विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएसँगै यस्तो निर्णय गरिएको बताएका छन् । उनका अनुसार पछल्लो एक सातामा मात्र एक हजार दुईसय विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गत अगष्ट महिनादेखि फ्रान्समा निरन्तर कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । फ्रान्सको रेन्नेस युनिभर्सिटीले ८३ जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै दोस्रो र तेस्रो वर्षमा अध्ययन गरिरहेका मेडिकल विद्यार्थीहरुको पढाइ रोक्ने निर्णय गरेको थियो ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4