Comments Add Comment

म्याक्सवेल र केरीको शानदार शतकमा अष्ट्रेलियाले जित्यो सिरिज

१ असोज, काठमाडौं । ग्लोन म्याक्सवेल र एलेक्स केरीले शानदार शतक प्रहार गरेपछि अष्ट्रेलियाले तेस्रो ओडिआईमा इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै तीन खेलको सिरिज २-१ ले जितेको छ ।

३०३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ७३ रनमै ५ विकेट गुमाएको थियो । तर म्याक्सवेल र केसीले छैटौं विकेटका लागि दोहोरो शतकीय साझेदारी गर्दै अष्ट्रेलियालाई जितसम्म पुर्‍याए । दुई खेलाडीले २१२ रनको साझेदारी गरे ।

दुवै खेलाडीले शतक प्रहार गरेपछि अष्ट्रेलियाले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गरेको हो । म्याक्सवेलले ९० बल खेल्दै ४ चौका र ७ छक्का मद्दतमा १०८ रन प्रहार गरे । यस्तै केरीले ११४ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा १०६ रन बनाए ।

म्याक्सवेल ४८औं र केरी ४९औ ओभरमा आउट भएपछि अष्ट्रेलियालाई अन्तिम ओभरमा जितका लागि १० रनको आवश्यक थियो । क्रिजमा फास्ट बलरद्वय मिचेल स्टार्क र प्या कमिङ थिए । स्टार्कले एक छक्का र एक चौका प्रहार गर्दै ३ बलमा ११ रन जोडेपछि अष्ट्रेलियाले जित हात पारेको हो ।

इंग्ल्याण्डका लागि क्रि सवोक्स र जो रुटले २-२ विकेट लिए ।

त्यसअघि म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३०२ रन बनाएको थियो । इंग्ल्याण्डका लागि जोनी बेयर्स्‍टोले शतक तथा साम बिलियङ्स र क्रिस वोक्सले अर्धशतक प्रहार गरे ।

सुरुको दुई बलमा स्टार्कले ज्यासन रोए  रजो रुटलाई लगातार आउट गरेपनि ओपनर बेयर्‍स्‍टोले शतक प्रहार गरे । उनले १२६ बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११२ रन बनाउ । बिलिङ्सले ५७ रन योगदान गर्दा वोक्सले अविजित ५३ रन जोडे ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र एडम जाम्पाले ३-३ विकेट लिए । खेलको प्लेअर अफ दी म्याच र म्यान अफ दि सिरिज अष्ट्रेलियाका म्याक्सवेल घोषित भए ।

यसअघि पहिलो खेल अष्ट्रेलिया र दोस्रो खेल इंग्ल्याण्डले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment