Comments Add Comment

ह्याप्पी बर्थ डे दिलिप रायमाझी

नायक दिलिप रायमाझी आज आफ्नो ४० औं जन्मदिन मनाउँदैछन् । केही बर्ष अगाडि नेपालबाटै अमेरिकाको ग्रिन कार्ड लिएर उनी स–परिवार अमेरिका पुगेका थिए ।

नायक दिपिल रायमाझीले २१ बर्ष अगाडि चलचित्र ‘आदिकवि भानुभक्त’बाट नेपाली चलचित्रमा पाइला राखेका हुन् । यसपछि, यी नायकको क्रेज यसरी चुलियो कि, सो समयमा उनले नायक राजेश हमाललाई पनि चुनौती दिएका थिए ।

दिलिपले अभिनय गरेका ‘जिन्दगानी, आफ्नो मान्छे, आफ्नो घर आफ्नो मान्छे, के भो लौन नी, सुपरस्टार, बादलपारि, दर्पण छाया, मितिनी’ लगायतका चलचित्रले उनलाई सो समयको सर्वाधिक व्यस्त नायक बनाइदिएको थियो । दिलिपले एक दिनमै ३ वटा चलचित्रमा काम गर्ने गरेको चर्चा पनि थियो । दिलिपको समय लिनका लागि निर्माताले उनलाई महिनौ पर्खिने समेत गरेका थिए ।

नृत्य र अभिनयमा पोख्त यी नायकको करिअर चलचित्र ‘लहना’ पछि विस्तारै कमजोर बन्यो । यसपछि उनले ‘धनसम्पत्ती, मलाई माफ गरिदेउ, मुस्कान, पाहुना, दुख, मुग्लान, मिस यू, बाटो मुनिको फूल २, कही कतै, नाई नभन्नु ल ५’ लगायतका चलचित्रमा काम गरे ।

नेपाली चलचित्रमा सहायक नृत्य निर्देशक भएर काम सुरु गरेका यी कलाकारले केही चलचित्रमा कोरसको रुपमा समेत काम गरेका छन् ।

आज पनि दिलिप चलचित्र निर्माण र अभिनयमा व्यस्त छन् । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको पर्खाइमा छ ।

यस्तै, दिलिप रायमाझी भोली शुक्रबारबाट सुरु हुन लागेको ‘दि डान्सिङ स्टार्स विथ नेपाल’का निर्णायक समेत हुन् । यो शो हिमालय टेलिभिजनमा असोज २ गतेबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदैछ । उनै, नायकलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment