Comments Add Comment

सामसङको फेस्टिभ अफरः ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’

१ असोज, काठमाडौं । विश्वमा लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्डका रुपमा स्थापित सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दैे सामसङका उत्पादनहरुले आफ्ना ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन, सामसङले यस अफर प्रस्तुत गरेको हो ।

यस ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’अफरअन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनहरुमा अधिकतम ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ । यस ३५ प्रतिशतसम्मको छुट ग्लोबल नं १ सामसङ टिभी, रेफ्रिजेरेटरर वासिङ्ग मेसिनको खरिदमा लागू हुनेछ ।

वदलिंदो परिस्थितिलाई मध्यनजर गर्दै सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको छ । सामसङले टिभिहरुमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टि प्रदान गरेको छ ।

त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजिमा १० वर्षको वारेन्टी रहेको छ । निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरु निःशुल्क जडान गरिदिने सुविधा पनि रहेको छ । यो फेस्टिभ अफर आश्विन १ गतेदेखि कात्र्तिक ३० गतेसम्म नेपाल अधिराज्यभर सामसङका आधिकारिक डिस्ट्रीब्युटर हिम इलेक्ट्रोनिक्स.र त्रिवेणी ब्यापारद्वारा आफ्ना डिलरहरु मार्फत लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment