Comments Add Comment

१२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएका छन् ।

१६ हजार २४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १८२ जनाको आईसीयू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा ६१८ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५०७, ललितपुरका ६० र भक्तपुरका ५० जनामा छन् ।

यस्तै चितवनका १०१ जना, मोरङका ९४, मकवानपुरका ६३, सुनसरीका ५४, अछामका २२, प्युठान, बाँके र कैलालीका २१/२१ जना, पर्साका १९, डोटीका १७, धनुषा, कास्की, नवलपरासी १६/१६ जना, नवलपुरका १५, बर्दियाका १३, झापा, सर्लाही र सिराहाका ११/११ जना तथा बारा र दैलेखका १०/१० छन् ।

सप्तरीका ९ जना, कञ्चनपुरका ८, रौतहटका ७, महोत्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ४/४ जना, दोलखा, गोरखा र रुपन्देहीका ३/३ जना, काभ्रे, धादिङ र तनहुँका २/२ जना तथा उदयपुर, खोटाङ, धनकुटा, नुवाकोट, रामेछाप, लमजुङ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, दाङ, पाल्पा, जाजरकोट, सुर्खेत, बझाङ र बैतडीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका साथै मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा संक्रय संक्रमितको संख्या ५०० बढी छ ।

सोखलुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रिय संक्रमित शून्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment