+
+
Shares

नेपालगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते १८:५६

१ असोज, बुटवल । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधवार बेलुका कोरोना संक्रमण पुष्टि भएका पुरुषको उपचारका क्रममा बिहीवार बेलुका सवा ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । दुवै फोक्सोमा निमोनिया भएका उनको बुधबार रातिदेखि भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो ।

ती पुरुष अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । अस्पतालले ३१ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएपछि सोही दिन भेरी अस्पतालमा रिफर गरेको थियो ।

यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?