Comments Add Comment

४० यात्रु लिएर ५ वटा बस विराटनगरबाट काठमाडौंतर्फ

१ असोज, विराटनगर । सरकारले सार्वजनिक यातायात सञ्चालन खुला गरेसँगै बिहीबार प्रदेश १ को राजधानी विराटनगरबाट काठमाडौंका लागि पाँचवटा बस छुटेका छन् । चारवटा माइक्रोबस र एउटा मिनीबस काठमाडौंका लागि छुटेका हुन् ।

छुटेका पाँच बसमा गरी ४० जना यात्रु रहेका छन् । बिहीबार विश्वकर्मा पूजा भएकाले थोरै सवारी साधन सञ्चालन भए पनि शुक्रबारदेखि पूर्ण रुपमा यातायात सञ्चालन हुने पूर्व नेपाल यातायात व्यवसायी प्रालिका कोषाध्यक्ष राजु धमलाले बताए ।

यातायात सुरु भएसँगै विराटनगर आएका बसलाई बसपार्कमा सेनिटाइज गर्ने योजना छ । यातायत मजदुरलाई मास्क, स्यानीटाइजर उपलब्ध गराएर सामाजिक दुरी कायम गर्न प्रशिक्षण दिइएको छ ।

१८ जना यात्रु आट्ने क्षमताको माइक्रो बसमा सामाजिक दूरी पालना गर्दै पाँचदेखि आठ जनासम्म मात्र यात्रु राखिएको थियो ।

शुक्रबारबाट पूर्ण रुपमा यातायात सञ्चालन हुने भएपछि विराटनगरबाट बुटवल, धनगढी, नेपालगञ्ज, काठमाडौं, वीरगञ्ज लगायतका ठाउँमा जान टिकट बिक्री भइरहेको यातायात व्यवसायीले बताएका छन् ।

सामान्य अवस्थामा विराटनगर बसपार्कबाट पहाडी क्षेत्रसँगै छोटो र लामो दूरीका लागि करिव तीन सय ५० बस चल्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment