+
+
Shares

मुग्लिन–नारायणगढ सडक आज पनि अबरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते ७:००

२ असोज, चितवन । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ ।

आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो ।

चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसको छ ।

पहिरो हटाइ बाटो खुलाउन करिब ३ घण्टाभन्दा बढी समय लाग्ने पनि प्रहरीले जनाएको छ ।

पहिरोले दैनिकजसो मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?