
२ असोज, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या तीन करोड ७८ हजार ८८९ पुगेको छ ।
अमेरिकामा सबैभन्दा धेरै ६६ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख नाघेको छ। ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख नाघेको छ भने रुसमा १० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
त्यस्तै अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण नौ लाख ४४ हजार ८८७ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कोरोना भाइरसको कारण एक लाख ९७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ३४ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८४ हजार नाघेको छ । मेक्सिकोमा पनि कोरोना भाइरसको कारण ७२ हजाभन्दा धेरैको मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर दुई करोड चार लाखभन्दा धेरै संक्रमित डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया 4