Comments Add Comment

एप्पल वाच लगाएर व्यायाम गर्नेलाई पुरस्कार दिने सिंगापुरको घोषणा

काठमाडौं । अमेरिकी कम्पनी एप्पलले सिंगापुरमा आफ्नो प्रभाव प्रचूर रुपमा विस्तार गरिसकेको छ । अघिल्लो हप्ता एप्पलले सिंगापुरमा विश्वकै पहिलो समुद्रमा तैरिएको मनमोहक एप्पल स्टोर सञ्चालन गर्यो । सिंगापुरको मेरिना बे स्याण्डस्थित समुद्रमा रहेको पुरानो नाइटक्लब भवनमा एप्पल स्टोर खोलिएको थियो । उक्त स्टोर सिंगापुरमा रहेको एप्पलको तेश्रो एप्पल स्टोर हो ।

सिंगापुरमा दुनियाकै पहिलो पानीमाथिको एप्पल स्टोर खोलेको एप्पलले सिंगापुर सरकारसँग मिलेर त्यहाँका जनताका लागि निकै गज्जबको अर्को अफर ल्याएको छ । आफ्ना स्मार्टवाचहरुको प्रयोग बढाउनका लागि एप्पलले यस्तो तरिका अपनाएको हो । सिंगापुर सरकारले मंगलबार एक घोषणा गर्दै एप्पल वाचका लागि डिजाइन गरिएको हेल्थ एप प्रयोग गर्ने नागरिकहरुलाई सयौँ डलर पुरस्कार दिने जनाएको हो ।

एप्पल वाचको उक्त हेल्थ एपले मानिसहरुलाई व्यायाम गर्न उत्प्रेरित गर्दछ भने हरेक हप्ता हिँडडुल, पौडी तथा योगा जस्ता काम पूरा गर्न समेत सम्झाइदिन्छ ।

एप्पल वाचको उक्त एपमा निर्धारित व्यायामको लक्ष्य पूरा गर्नेलाई ३८० सिंगापुर डलर सम्म नगद पुरस्कार दिइने सरकारको भनाई छ । सिंगापुर सरकारसँग भएको यस्तो सम्झौता विश्वमै पहिलो भएको एप्पलले जनाएको छ ।

एप्पलका चिफ अपरेटिङ अफिसर जेफ विलियम्सले भनेका छन्, ‘सिंगापुर विश्वमा सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा भएको मुलुकमध्येको एक हो । सिंगापुर सरकारसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । सिंगापुर सरकारसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ ।’

तीन दिनअघि मात्र दुई नयाँ स्मार्टवाच सार्वजनिक गरेको एप्पलका लागि सिंगापुरमा गरिएको सो सम्झौताको कार्यान्वयन निकै नै फलदायी हुने अपेक्षा गरिएको छ । ती दुई एप्पल वाचमध्ये एउटामा प्रयोगकर्ताले आफ्नो रगतको अक्सिजन लेभल मापन समेत गर्नसक्ने एप रहेको छ ।

सिंगापुरलाई विश्वमा सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा अगाडि रहेको देश मानिन्छ । प्रविधिमैत्री रहेको मुलुक सिंगापुर कोरोना भाइरस नियन्त्रणमा कन्ट्याक ट्रेसिङ एप प्रयोग गर्ने पहिलो देश हो । साथै उनले केही महिनाअघि पार्कहरुमा मानिसहरुलार्य सामाजिक दूरी कायम गराउनका लागि रोबोट कुकुर समेत परिचालन गरेको थियो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment