
२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बैंकहरुको यतिबेला कर्जा लगानी राम्रो हुन सकेको छैन । कर्जाको माग कम हुँदा बैंकहरुमा २ खर्ब भन्दा बढी लगानी योग्य रकम (तरलता) थुप्रिएको छ ।
अधिक तरलता भएपछि बैंकहरुले निक्षेपको ब्याज घटाइरहेका छन् । तर नविल बैंकले भने चाडपर्व योजना सार्वजनिक गर्दै निक्षेपलाई प्रोत्साहान दिने कर्जा पनि सस्तो ब्याजदमार उपलब्ध गराउने गरी आकर्षक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्गर्तत बैंकले १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर दिने जनाएको छ । त्यस्तै गरी १ व्ँर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत र २ व्ँर्षभन्दा माथि र ५ व्ँर्षसम्मकँ व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।
अझ ५ व्ँर्षभन्दा माथिका व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गर्ने बेंकले जनाएको छ । बैंकले निक्षेपलाई प्रोत्साहन गर्नेमात्रै होइन कर्जा समेत सुलभ ब्याजदरमा उपलब्ध गराउने जनाएको छ । बैंकले दिएको जनाकारी अनुसार घर कर्जा ७.४९ प्रतिशतमा नै उपलब्ध गराउनेछ ।
यसैगरी धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत, साना तथा मझौला कर्जामा एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशतमा उपलब्ध गराउने बैंकले जनाएको छ । यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने समेत बैंकले जनाएको छ ।
‘कोभिड–१९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा हुनुहुन्छ, यस कठिन समयमा नबिल बैंकलेसँगै अघिबढ्ने आफ्नो उद्देश्यअनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाजप्रती उत्तरदायी हुन चाहन्छ’ बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजनाशुरू गरेको छ ।’
नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कमगर्न मद्दत पु¥याउन्ँे बैंकको विश्वास छ ।
सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्दै आएको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।
प्रतिक्रिया 4