+
+
Shares

महामारीको कारण गरिबीमा धकेलिए १५ करोड बालबालिका

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते १२:५५

२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण विश्वभर थप १५ करोड बालबालिका बहुआयामिक गरिबीमा धकेलिएको युनिसेफले बताएको छ । यससँगै विश्वभर गरिबीको सामना गरिरहेका बालबालिकाहरुको संख्या करिब एक अर्ब २० करोड पुगेकोयुनिसेफ र सेभ द चिल्ड्रेनको नयाँ प्रतिवेदनले देखाएको हो । कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अगाडिको तुलनामा १५ करोडले बढी हो ।

प्रतिवेदनका अनुसार कम र मध्यम आम्दानी भएका मुलकुकमा धेरै बालबालिका गरिबीमा धकेलिएका छन् । बहुआयामिक गरिबीका विश्लेषण विश्वका ७० भन्दा बढी मुलुकमा शिक्षामा पहुँच, स्वास्थ्य स्याहार, आवास, पोषण, सरसफाइ र खानेपानको तथ्यांकको आधारमा गरिएको हो ।

युनिसेफले आगामी महिनामा अझै धेरै बालबालिकाहरु गरिबीमा धकेलिन सक्ने आशंका व्यक्त गरेको छ । साथै युनिसेफ तथा सेभ द चिल्ड्रेनले आगामी दिनमा पनि विश्वभरको अवस्थाबारे आफूहरुको नियमन जारी राख्ने बताएका छन् ।

युनिसेफका अनुसार बालबालिकाहरुलाई गरिबीबाट बचाउन सामाजिक सुरक्षा, वित्तीय नीति, सामाजिक सेवामा लगानी, रोजागारी र श्रम बजारको नियमनजस्ता कुराहरुमा सुधार गर्नु जरुरी देखिएको छ ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार महामारीको क्रममा धेरै बालबालिका गरिबीमा धकेलिएको मात्र नभइ यसअघि नै गरिबीमा रहेका बालबालिकाहरु झन् ठूलो गरिबीमा धकेलिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?