Comments Add Comment

बलात्कृत किशोरी आत्महत्या प्रकरण : पञ्चायतीविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान

२ असोज, सप्तरी । बलात्कारको घटनामा लेनदेनमा मेलमिलाप गराउने निर्णय गरेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका पञ्चायतीका ३ जनाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्धामा अनुसन्धान सुरु गरेको छ ।

बलात्कारमा संलग्नबाट ५५ हजार रुपैयाँ तिराउने गरी प्रहरीमा उजुरी दिन रोक लगाएपछि डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुरकी १७ वर्षीया बलात्कृत किशोरीले गत भदौ २९ गते राति आफ्नै घरको बरण्डामा आत्महत्या गरेकी थिइन् ।

रकम लिएर बलात्कारीलाई उन्मुक्ति दिन लगाउने र प्रहरीमा उजुरी गर्न रोक लगाउने तीन जना पञ्चलाई प्रहरीले घट्नाको भोलिपल्टै पक्राउ गरेको थियो ।

पक्राउ परेका पञ्चमध्ये ६५ वर्षीय जयकान्त मण्डल, ६० वर्षीय बासुदेव मण्डल र ५० वर्षीय सत्यनारायण मण्डलविरुद्व आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

खेतमा काम गर्न गएकी ती किशोरीलाई गाउँकै १९ वर्षीय बब्लु भनिने सुमन मण्डल, १८ वर्षीय रञ्जित भनिने सरोजकुमार मण्डल, २५ वर्षीय बिसु भनिने बिष्णु मण्डल र २७ वर्षीय धर्मदेव मण्डलले सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी  परेको  छ ।

यसमध्ये बब्लु भनिने सुमन मण्डल र रंजित भनिने सरोज कुमार मण्डललाई बिहीबार राति प्रहरीले बलान बिहुल गाउँपालिकाबाट पक्राउ गरिसकेको छ । पक्राउ परेका यी दुई जनाविरुद्व जबरजस्ती करणी मुद्धामा अनुसन्धान सुरु गरेको छ । अरु दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस संगीतालाई कसले मार्‍यो : बलात्कारी कि गाउँका अगुवाले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment