Comments Add Comment

१२०४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४०० नाघ्यो

३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृत्यु भएको छ ।

४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुरका ३, काठमाडौंका २ र मोरङ, रौतहट, सर्लाही, मकवानपुर र रुपन्देहीका एकएक जनाको मृत्यु भएको हो ।

  • सातदोबाटो, ललितपुरकी ७६ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको छ । निमोनिया र स्तन क्यान्सरबाट पीडित उनी कोरोना संक्रमण पुष्टि भएपछि २० भदौमा अस्पताल भर्ना भएकी थिइन् ।
  • मंगलबजार, ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार पाटन अस्वतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि २९ गते अस्पताल भर्ना भएकी उनी मधुमेहकी बिरामी थिइन् ।
  • ललितपुरका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • महोहरा-५, काठमाडौंका ७७ वर्षीया महिलाको शनिबार वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २ गते अस्पताल भर्ना भएका थिए ।
  • धुम्बाराही, काठमाडौंका ७५ वर्षीय पुरुषको बयोधा अस्पतालमा ३१ भदौमा मृत्यु भएको छ । श्वासप्रश्वासमा कठिनाई भएपछि १९ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको त्यही दिन पुष्टि भएको थियो । उनी कलेजो र प्रोस्टेटसम्बन्धी रोगबाट समते पीडित थिए ।
  • मकवानपुरका ३७ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको छ । ३० भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि १ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • चन्द्रनिगाहापुर नगरपालिका-५, रौतहटकी ६० वर्षीया महिलाको शनिबार चितवन मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको छ । भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको भदौ २८ गते पुष्टि भएको थियो । उनी निमोनिया, थाइराइड र उच्च रक्तचापकी बिरामी थिइन् ।
  • बुटवल उपमहानगरपालिका-१०, रुपन्देहीका ६९ वर्षीय पुरुषको शनिबार कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । उनी भदौ २२ गते अस्पताल भर्ना भएका थिए ।

मन्त्रालयका अनुसार मोरङकी ६५ वर्षीया महिला र सर्लाहीकी ५६ वर्षीया महिलाको पनि मृत्यु भएको छ । सर्लाहीकी महिलाको पाटन अस्पतालमा मृत्यु भएको बताइएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जना छन् ।

यस्तै बाराका १११ जना, नवलपुरका ४५, मोरङका ३३, दाङका २८, सुनसरीका २३, दार्चुलाका २१, बाँकेका २०, सप्तरीका १९, मकवानपुरका १८, सर्लाहीका १५, काभ्रेका १४ तथा धादिङ र कास्कीका १३/१३ जनामा संक्रमण पुष्टि भएको छ ।

रामेछापका ९ जना, सिराहा र कैलालीका ८/८ जना, चितवन र सिन्धुपाल्चोकका ७/७ जना, झापा र पर्साका ६/६ जना, दोलखा, तनहुँ र लमजुङका ५/५ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बर्दियाका ४/४ जना, ओखलढुंगा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, सुर्खेत, डडेलधुरा र बैतडीका ३/३ जना, धनुषा, रौतहट, पर्वत, पाल्पा, दैलेख र कञ्चनपुरका २/२ जना तथा खोटाङ, महोत्तरी, नवलपरासी, प्युठान र रुपन्देहीका १/१ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment