+
+
Shares

सञ्चारकर्मी पहराईको हत्या भएको परिबारको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३ गते १८:२८

३ असोज कैलाली । सञ्चारकर्मी निर्मला पहराईको हत्या भएको परिवारका सदस्यहरुले बताएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको कैलाली एफ.एममा कार्यरत २२ बर्षीया पहराई ३१ भदौबाट सम्पर्कविहीन भएकी थिइन् ।

शुक्रबार हराएको घोडाघोडी-१०को फूलबारी सामुदायिक वनमा उनको शव झुन्डिएको अवस्थामा भेटिएको छ । उनको हत्या गरी झुण्ड्याएको उनका दाजु विशालले दाबी गरे ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी उनले भनेका छन्, ‘त्यो आत्महत्या होइन, हत्या हो । बैनीको हत्या गर्नेलाई कडा कारबाही हुनुपर्छ ।’

सञ्चारकर्मी पहराईको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ भने प्रहरीले स्थानीय ललित जाग्रीलाई नियन्त्रणमा लिएको छ ।

तर घटनाको छानबिन नभएसम्म पोस्टमार्टम गर्न नदिने मृतकका दाजुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?