Comments Add Comment

सिन्धुपाल्चोकका पहिरो पीडितलाई युवा संघको राहत

४ असोज, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सिन्धुपाल्चोकका पहिरो पीडितलाई राहत वितरण गरेको छ । साथै युवा संघले घर पुनर्निर्माणका लागि जस्तापाता उपलब्ध गराउने प्रतिवद्धतासमेत जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) नेतृत्वको टोलीले बाह्रविसे नगरपालिका–७ नागपुजेका पहिरो पीडितलाई राहत वितरण गरेको हो । राहत वितरण गर्दै राष्ट्रिय युवा संघका संयोजक दीपशिखाले पहिरोबाट पूर्णरुपमा क्षति भएका १६ घर पुनर्निर्माणमा लाग्ने जस्तापाता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

युवा संघले स्थानीय जनप्रतिनिधिको रोहबरमा १८१ बोरा चामल, १९० लिटर तेल, २०० केजी दाल र ८० केजी नुन हस्तान्तरण गरेको संयोजक दीपशिखाले जानकारी दिए ।

गत भदौ २८ गते राति आएको पहिरोले नागपुजेका २८ घर पुरिदा १६ जनाको मृत्यु भएको थियो भने १५ बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment