Comments Add Comment

जोटा लिभरपुलमा

४ असोज, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुलले टोलीलाई थप बलियो बनाउने क्रममा वल्भ्सबाट डिएगो जोटालाई अनुबन्ध गरेको छ । लिभरपुलले पोर्चुगिज फरवार्ड जोटालाई शनिवार अनुबन्ध गरेको हो ।

२३ वर्षीय फरवार्ड जोटाले लिभरपुलसँग ५ वर्षको सम्झौता गरेका छन् । लिभरपुलले जोटालाई ४१ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । लिभरपुलले ३० मिलयन पाउण्ड जोटाको लागि खर्च गरेको छ भने लिभरपुलका डिफेण्डर कि जान होएभर वल्भ्समा गएका छन् । होएभरको मूल्य ९ मिलियन पाउण्ड रहेको छ ।

जोटाले लिभरपुलमा अनुबन्ध भएपछि यो आफू र आफ्नो परिवारको लागि उत्साहजनक क्षण भएको बताएका छन् ।

सन् २०१८ मा स्पानिस क्लब एट्लेटिको मड्रिडबाट वल्भ्स पुगेका जोटा त्यहाँ दुई सिजन बिताएर लिभरपुल गएका हुन् । वल्भ्समा स्थायी अनुबन्धित हुनुअघि एक सिजन उनले लोनमा खेलेका थिए ।

वल्भ्सका लागि जोटाले १४१ खेलमा ४४ गोल गरेका थिए । गत सिजन उनले ३४ प्रिमियर लिग खेलमा ७ गोल गरेका थिए ।

पोर्चुगलका लागि ४ अन्तर्राष्ट्रिय खेल खेलेका जोटाले लिभरपुलमा २० नम्बरको जर्सी लगाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment