Comments Add Comment

व्यक्तिगत रुपमा सहयोग गर्दा मिडियाको आवश्यकता नपर्न पनि सक्छः राजेश हमाल

‘स्क्रिप्ट आइरहेको छ, लकडाउनपछि काम गर्छु’

नेपाली चलचित्रका सफल नायक राजेश हमालले शनिबार ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ सहयोग गरे । कोभिडका कारण उत्पन्न परिस्थितीले समस्यामा परेका प्राविधिकहरुलाई उनले सहयोग गरेका हुन् ।

राजेश हमालले ५ लाख ६५ हजार सहयोग गर्दा उनका नजिकका साथीहरुले यसमा सहयोग गरे । विशेषगरि, अमेरिकामा बस्ने उनका साथीहरुले यसमा सहयोग गरेका छन् ।

तर, नायक राजेश हमाललाई साढे ५ लाख सहयोग गर्दा पनि साथीहरुको सहयोग किन लिनुपर्यो भन्ने प्रश्न पनि उठेको छ । यो बिषयमा स्पष्ट पार्दै हमालले भने–‘हामीले यो मात्र काम नगर्न पनि सक्छौ । यसैले, सबै सहयोगी हातहरुको आवश्यकता पर्छ । अन्य क्रियाकलाप पनि गर्नुपर्ने हुन्छ । समुहबाट गर्दा यसले निरन्तरता पाउने संभावना पनि बढी हुन्छ ।’

यो पनि पढ्नुहोस ११३ जना प्राविधिकलाई राजेश हमालले गरे जनही ५ हजार सहयोग

हमालले समुहतग रुपमा गर्नु भनेको सहज कुरा नभएको बताए । उनले, समुहगत रुपमा काम गर्दा धेरै व्यक्तिको जिम्मेवारी लिनुपर्ने सुनाए ।

उनले अगाडि भने–‘केही कार्य समहुगत रुपमा हुन्छ, यसैले मिडियाकर्मीहरु यहाँ हुनुहुन्छ । व्यक्तिगत कार्यमा तपाइहरुको मलाई आवश्यकता नपर्न पनि सक्छ । व्यक्तिगत सहयोग हुने वित्तिकै तपाइहरु सबैलाई जमघट गर्न आवश्यक पनि छैन । मैले आफ्ना नजिकका साथीहरुको मात्र यसमा सहयोग लिएको छु ।’

नायक हमालले लकडाउन भएपनि चलचित्र बनाउन मेकरहरु उत्साहित रहेको सुनाए । उनले भने–‘मैले लकडाउनको समयमा २–४ वटा स्क्रिप्ट पढेँ । मेकरहरुमा उत्साह छ । लकडाउन सकिएलगतै साइन गर्नुपर्छ भन्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment