+
+
Shares

प्रहरीले मध्यरातमा डा. केसीलाई अस्पताल पुर्‍यायो, उपचार नलिने अडान

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते ११:२८

४ असोज, काठमाडौं । जुम्लामा आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले ‘बलपूर्वक’ अस्पताल पुर्‍याएको छ । राति करिव ११ बजेतिर प्रहरीले डा. केसीलाई जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिर परिसरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको हो ।

१९औं सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै चिकित्सकहरुले अस्पताल लैजान सुझाएका थिए । तर डा. केसीले अस्पताल जान मानेका थिएनन् ।

आफूलाई अपहरणको शैलीमा अस्पताल लगिएको भन्दै डा. केसीले कुनै पनि उपचार नलिने बताएका छन् । उनले भनेका छन्, ‘माग पूरा गर्नुको साटो मलाई अपहरण गरेर ल्याउने ? म कुनै पनि उपचार, मोनिटरिङ लिनेवाला छैन ।’

नोवेल कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि डा. केसी जुम्लामा अनशनरत छन् ।

डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसमेत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?