Comments Add Comment

आरटीजीएसका लागि राष्ट्र बैंकले तोक्यो कारोबार समय

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा तोकिदिएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार  समय सीमा तोकिदिएको छ ।

आइतबारदेखि बिहीबारसम्म साधारण कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राह सेवा र अन्तर बैंक कारोबार ३ बजेदेखि ३ः४० बजेसम्म गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ ।

शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुबैका लागि १०ः३० बजेदेखि १ बजेसम्म तोकिएको राष्ट्र बैंकले बताएको छ ।

एक वर्षअघि राष्ट्र बैंकले आरटीजीएस प्रणालीको कार्यान्वयनमा ल्याएको थियो । यो प्रणाली लागू भएसँगै चेक नकाटी सिधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी हुने गरेको छ ।

युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको हो । यो प्रणाली अनुसार अब कारोबार भएको वास्तविक समयमै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment