Comments Add Comment

उपभोग्य मिति नलेखिएका  चामल, पानीपुरी र चाउमिन बिक्रीमा रोक

४ भदौ, काठमाडौं । उत्पादन र उपभोग्य मिति नलेखी बजार पठाउन लागिएको चामल, चाउमिन र पानीपुरी बिक्रीमा काठमाडौं महानगरको अनुगमन समितिले रोक लगाएको छ ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले आइतबार गरेको बजार अनुगमनको क्रममा २५ प्याकेट पानी पुरी र १५ प्याकेट खुल्ला चाउमिन नष्ट गरिएको थियो भने २ सय बोरा चामल बिक्रीमा रोक लगाएको हो ।

गोङ्गबुमा सञ्चालित श्रेष्ठ राइस एण्ड चिउरा मिलमा भएको २०० बोरा चामल बिक्रीमा रोक लगाइएको समितिले जनाएको छ ।

श्रेष्ठ राइस एण्ड चिउरा गोङ्गबु पि्रन्ट गरिएका ३० किलोको बोरामा उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य उल्लेख नगरिएको पाइएको थियो ।

यस्तै प्रतिकिलो एक सय रुपैयाँमा प्याज बिक्रिी गर्ने गोकर्णेश्वरको नन्देश्वरी आलु प्याज तथा गल्ला भण्डारलाई समितिले वाणिज्य विभागमा हाजिर हुन आदेश दिएको छ ।

गोपीकृष्ण खाद्य उद्योगबाट बजार पठाउन तयार गरिएको करीब २५ प्याकेट पानीपुरी र स्कुटरमा राखेर खुल्ला बेच्दै गरिएको  १५ प्याकेट खुल्ला चाउमिन पनि समितिले नष्ट गरेको छ ।

अनुगमनका क्रममा सानो भर्‍याङ्मा सञ्चालित माँ भवानी टे्रडर्सका सञ्चालक रञ्जन गुप्तालाई मूल्य सूची नराखेको तथा खरिद बिक्री बिल अद्यावधिक नगरेका आरोपमा आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन आदेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment