Comments Add Comment

लकडाउनपछि कमर्सियल फिल्म गर्ने विपिनको योजना

लकडाउनका कारण रोकिएको चलचित्रको काम चाडै सुरु हुने अपेक्षा कलाकारहरुको छ । चलचित्रको स्क्रिप्ट पढिरहेका कलाकारहरु चाडै नै छायांकनमा जान पाइने अपेक्षासहित कुरिरहेका छन् ।

नायक विपिन कार्कीले लकडाउनको समयमा चलचित्र ‘प्रसाद २’मा काम गर्ने पक्का गरे । विपिन भन्छन्–‘अहिले मलाई स्क्रिप्टको अफर धेरै आइरहेको छ । तर, प्रसाद २ बाहेक अरु साइन गरेको छैन । प्रसाद २ को कथाबाट मलाई आशा छ ।’

विपिनले यो समयमा आफूले सानो वर्गलाई मात्र मनपर्ने चलचित्रमा काम गर्छु भनेर नबस्ने बताए । भने–‘अब निर्माता बचाउनु पनि पर्छ । चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि दर्शकलाई हलसम्म आकर्षित गर्न आवश्यक छ । यसैले, मैले कमर्सियल चलचित्रमा काम गर्नुपर्छ । ‘जात्रा, प्रसाद’ जस्ता चलचित्र मेरो रोजाइमा छन् ।’

विपिनले आफूलाई अफर आएकामध्ये केही कथा निकै मन परेको पनि सुनाए । तर, अहिले ती चलचित्र बनाउँदा निर्मातालाई फाइदा नहुने उनको वुझाई छ । एउटा सानो बर्ग र समिक्षकलाई मात्र मन पर्ने चलचित्रमा तत्काल काम गर्ने अवस्था नभएको विपिन बताउँछन् ।

विपिनले आफूलाई कोरोना कहर र यसपछि उत्पन्न भएको परिस्थितीलाई समेटिएका चलचित्रको अफर आफूलाई नआएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment