Comments Add Comment

हेलिकोप्टरबाट सुत्करीको उद्धार

५ असोज, काठमाडौं । बागलुङस्थित रिघा स्वास्थ्य चौकीमा सुत्केरी भएकी एक महिलाको रक्तश्राप नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले गल्कोट नगरपाकिला-११ की २५ वर्षीय गौरीका श्रीषलाई सोमबार बिहान आठ बजे उद्धार गरेको हो ।

रक्तश्राव नरोकिँदा स्वास्थ्यमा जटिलता आउने भएपछि उनलाई हेलिकप्टरमार्फत पोखराको गण्डकी अस्पतालमा रेफर गरिएको स्वास्थ्य चौकीकी इन्चार्ज लक्ष्मी श्रीषले अनलाइनखबरलाई बताइन् ।

‘नर्मल नै सुत्केरी भएको थियो । तर, वेटिङ वेडमा सारेपछि ब्लिडिङ हुन सुरु भयो ।’, इन्चार्ज श्रीषले भनिन्, ‘ब्लिडिङसँगै बमिटिङ भयो र ज्वरो पनि देखियो । तर, उद्धार गर्ने सयममा भने अवस्था त्यति जटिल भैसकेको थिएन ।’ गौरीसँगै स्वास्थ्य चौकीकी अनमी कोपिला थापा र परिवारका एक सदस्यलाई पठाइएको थियो ।

मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपाली र प्रदेश सांसद इन्द्रलाल सापकोटाको सहकार्यमा सुत्केरीको उद्धार गर्न सफल भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता श्याम बिकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment