Comments Add Comment

मानव अधिकार आयोगले सुरु गर्‍यो कारागारको अनुगमन

५ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड– १९ को महामारीको समयमा कैदीबन्दीको अवस्था अनुगमन गर्न सुरु गरेको छ ।

आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली असोज ५ देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको अनुगमनमा रहनेछ । उक्त टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतहरु सहभागी हुने आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

पछिल्लो समय देशका धेरै कारागारमा कैदीबन्दीहरुलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणको समयमा उनीहरुले उपचारको पर्याप्त अवसर पाएको वा नपाएको लगायतका विषयमा आयोगले अनुगमन गर्नेछ ।

कारागारमा रहेका कैदी बन्दीहरुको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन आयोगले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment