+
+
Shares

बिहीबारदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १३:३५

५ असोज,बुटवल । बिहीबारदेखि बेपत्ता भएका रुपन्देहीका एकजना स्वास्थ्यकर्मी मृत फेला परेका छन् । मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब ४४ वर्षीय बिष्णुप्रसाद नेपाल मृत फेला परेका हुन् ।

शुद्धोधन गाउँपालिका–४ निवासी उनी असोज १ गते राति बुटवलबाट हराएका थिए । तीन दिनसम्म खोजतलासपछि सोमबार तिलोत्तमा ११ बिहुली छत्तिस कुलोको नहरमा उनको शव फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।

असोज १ गते राति १२ बजेतिर बुटवल–९ स्थित होटल पार्क प्लाजाबाट उनी लु २० प ४०६७ नं को मोटरसाइकलबाट निस्किएका थिए । त्यसको भोलिपल्ट उनी सवार मोटरसाइकल बुटवल–६ स्थित छत्तीस कुलो नहर छेउमा फेला परेको थियो । नहरमा खसेको आशंकामा प्रहरीले नहरको पानी बन्द गराएर खोजतलास गरेको डीएसपी खत्रीले बताए ।

मृतक अहेबको एक श्रीमती र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?