Comments Add Comment

बंगलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने

५ भदौ, काठमाडौं । बंगलादेशबाट नेपालले पैंचामा मागेको मल नेपाल ल्याउन भारतले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबीच सोमबार कृषि मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले यस्तो बताएको मन्त्रालयले जनाएको छ ।

‘नेपालले बंगलादेशबाट आयात गर्न लागेको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्नेछ,’ राजदुत क्वात्राको भनाइ उदृत गर्दै मन्त्रालय स्रोतले भन्यो ।

छलफलमा राजदुत क्वात्राले नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न पनि भारत सधैं तयार रहेको बताएका थिए ।
भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तरमापन, क्वारिन्टिनको प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदान लगायतका विषयमा छलफल भएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्री भूसालले नेपाल र भारतका बहुसंख्यक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुबै मुलुकबीचअझ धेरै सहकार्यको आवश्यकता रहेको धारणा राखेका थिए ।
राजदुत क्वात्राले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभई नेपाल-भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने भेटवार्तामा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment